× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४ संक्रमित थपिँदा निको हुनेको संख्या १८

    २ वर्ष पहिले

    मंसिर-५,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५२ हजार १ सय २८ जना पुगेको छ ।

    २४ घण्टामा ५ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ७२ हजार ९ सय ६८ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा एन्टिजन परीक्षण शुन्य रहेको । हालसम्ममा १४ लाख ५३ हजार ८ सय १३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा १८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार ४ सय ३० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ४ सय ६ जना रहेको छ।