× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    यस बर्ष सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल र व्यक्तिगत तर्फ विजयकुमार शाह, पर्यटन व्यवसायमा मनकामन दर्शन प्रालि

    २ वर्ष पहिले

    मंसिर -७, आर्थिक वर्ष ०७६/७७ मा पनि सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल र व्यक्तिगत तर्फ विजयकुमार शाह भएका छन् । गत आर्थिक वर्ष ०७६/७७ मा पनि सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल र व्यक्तिगत तर्फ शाह नै थिए । शाह जाउलाखेल ग्रुपका अध्यक्ष हुन् । आन्तरिक राजस्व विभागले १०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका १६ करदातालाई सम्मान गरेको हो ।

    यसैगरी सबैभन्दा बढी आय कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी, निर्यात कारोबारबाट शिवशक्ति घिउ उद्योग, विशेष उद्योगमध्ये राजेश मेटल क्राफ्ट, कृषि एवम् पशुपंक्षीजन्य उद्योगमध्ये ओसीबी फुड्स एण्ड फिड्स प्रालि, सहकारी तथा लघुवित्त कारोबार गर्ने संस्थामध्ये छिमेकी लघुवित्त वित्तीय संस्था, बैंक तथा वित्तीय कारोबार गर्ने संस्थामध्ये नविल बैंक, बिमा व्यवसायमध्ये नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक कम्पनीमध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल रहेका छन् ।

    यस्तै धेरै कर तिर्नेमा पर्यटन व्यवसायमा मनकामन दर्शन प्रालि, वस्तु व्यापारको कारोबारमध्ये हंशराज हुलासचन्द एण्ड क. प्रालि, मध्यमस्तरीय करदातामध्ये नेपाल धितोपत्र विनिमय बजार, ऊर्जामूलक उद्योगमध्ये चिलिमे जलविद्युत् कम्पनी र रेमिट्यान्स तथा मनी ट्रान्सफरमध्ये आईएमई रेमिट्यान्स कम्पनी रहेका छन् । वि.सं. २०६७ साउन देखि २०७९ असारसम्मको कर अवधिमा मूल्यअभिवृद्धि कर विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्यअभिवृद्धि कर दाखिला गर्नेमा गोर्खा ब्रुअरी प्रालि रहेको विभागले जनाएको छ । यस्तै, सबैभन्दा बढी कर तिर्ने १० जना कर्मचारीलाई पनि विभागले सम्मान गरेको छ ।