× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अमेरिकामा एक व्यक्तिले वालमार्ट स्टोरमा गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु

    २ वर्ष पहिले

    मंसिर-७, बुधबार दिउँसो (नेपाली समय) अमेरिकी राज्य भर्जिनियामा एक व्यक्तिले वालमार्ट स्टोरमा गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

    मृतक र घाइतेको संख्या बढ्न सक्ने सम्भावना छ ।स्थानीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गोली चलाउने व्यक्तिको मृत्यु भएको छ ।

    वालमार्ट स्टोर भित्र भएको उक्त घटनामा एक जना मात्रै संलग्न भएको बताइएको छ । त्यहाँको प्रहरीले घटनाको अनुसन्धान गर्दैछ ।

    घटनापछि वालमार्टले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भर्जिनियाको चेसपीक स्टोरमा भएको घटनाको खबर सुनेर हामी स्तब्ध भएका छौँ । हामी पीडित परिवार, समुदाय र हाम्रो टोलीका लागि प्रार्थना गरिरहेका छौँ । हामी कानुन व्यवस्था सम्हाल्ने एजेन्सीसँग मिलेर काम गरिरहेको छौँ र आफ्नो सहयोगीको मद्दत गर्ने कुरामा ध्यान दिइरहेका छौँ ।’