× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    मनकामना केबलकार २५ औं वर्षमा प्रवेश,यस वर्ष मात्र ११ लाख जनाले यात्रा गरे

    २ वर्ष पहिले

    मंसिर -७, मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार बुधबारदेखि २५ औं वर्षमा प्रवेश गरेको छ ।

    २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुलाई सेवा दिइसकेको जानकारी कम्पनीले दिएको छ ।

    यस वर्षमात्र करिब ११ लाख जनाले चढेको यस मनकामना दर्शन प्रालि को केबलकार यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य क्षेत्र बन्ने पुगेको छ ।

    केबुलकारको नियमित संचालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवसायहरुमा उल्लेख्य वृद्धि भई समुन्नत विकास भई विश्व सामु समेत मनकामनाको प्रचार प्रसार भएको छ ।

    मनकामना अन्तरिक पर्यटकको गन्तव्य मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा धार्मिक पर्यटकीय गन्तव्यको रूपमा समेत विकास हुदै गएको छ। हरेक वर्ष भारतीय पर्यटकहरुको आगमनमा उल्लेख्य वृद्धि हुदैँ गएको छ।एक तथ्याङ्क अनुसार भारतबाट हिन्दुहरको पवित्र स्थल पशुपति मन्दिर आउने धार्मिक पर्यटकहरू मध्ये करिब ८० प्रतिशत केबुलकार चढेर मनकामनाको दर्शन गर्ने गर्दछन्।

    मनकामन दर्शन प्रालि ले पर्यटन उधोगमा मात्र योगदान पुर्याएका छैन कि प्रत्यक्ष रूपमा पर्यटन व्यवसायहरु मध्ये सबैभन्दा बढी कर तिरेर राष्ट्र निर्माणमा समेत योगदान पुर्याएको छ।

    विश्व प्रख्यात अष्ट्रियाको डोपेलमेयर कम्पनीको प्रविधिबाट सञ्चालित यस केबलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिंदै आएका कम्पनीको दावी छ ।

    कम्पनीले केबुलकारका संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठकाे सम्झनामा लामो समय देखि चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको १.१ प्रतिशत रकम शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोद्वार लगायत विकास निर्माणका कार्य आदिमा सहयाेग गर्दै आएकाे छ ।

    यसै वार्षिकोत्सवको उपलक्ष्यमा यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार (प्रा.) लि. (Resorts By Manakamana Cable Car (P.) Ltd.), ले मनकामनामा ४० कोठा युक्त सुविधा सम्पन्न होटल तथा रिसोर्टको निर्माण थालनी गरेको छ । । यसको लागत करिब ४८ करोड रुपैयाँ अनुमानित गरिएको छ ।

    हाल रहेको एनालग सिस्टमलाई कम्पनीले पहिलाे चरणमा डिजिटल प्रविधिमा स्तरोन्नति गरिसकेकाे र २५ औं वार्षिक उत्सवको अवसरमा पूर्ण रुपले डिजिटल प्रणालीमा रुपान्तरण गरी देशकै पहिलो डिजिटल केबुलकार हुने जनाएकाे छ ।