२ वर्ष पहिले
मंसिर-८, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको पश्चिम तथा मध्य पहाडी तथा तराईका थोरै स्थानहरुमा हुस्सु लागेको तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
विभागका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै, राती देशभर मौसम सामान्यतया सफा रहनेछ।