× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रवि लामिछानेको विशाल अग्रता, जीत सुनिश्चित

    २ वर्ष पहिले

    मंसिर-८, चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले विशाल अग्रता लिए संगै जीत सुनिश्चित भएको छ।

    ८४ हजार ३ सय १७ मत खसेको यो क्षेत्रमा ७९ हजार २ सय १५ मत गणना हुँदा लामिछानेले ४५ हजार ९ सय ३४ मत प्राप्त गरिसकेका छन्।

    उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४ सय ६ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५४ मत प्राप्त गरेका छन्। रवि श्रेष्ठभन्दा ३१ हजार ५ सय २८ भोटले अघि छन्।

    गणना गर्न बाँकी मत भन्दा उनले बनाएको अग्रता बढी भएसँगै जित निश्चित भएको हो।