× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन-२ मा भारी मतान्तरका साथ‍ रवि लामिछाने विजयी

    २ वर्ष पहिले

    मंसिर -८,चितवन क्षेत्र नम्बर- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।

    हालै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उनी भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

    लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् भने गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन् ।

    यस्तै, नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।