× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भारी मतान्तरले बिजयी भएका रवि लामिछानेले र्यालीको साटो धन्यवाद सभा गर्ने, कार्यक्रममा फूल, माला, अबिर, खादा केही पनि नल्याउनु अनुरोध

    २ वर्ष पहिले

    मंसिर -८,चितवन क्षेत्र नम्बर-२ बाट भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले र्‍यालीको साटो धन्यवाद सभा गर्ने बताएका छन्। लामिछाने विजय भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् सम्पूर्णलाई धन्यवाद दिँदै उनले यस्तो बताएका हुन्।

    उनले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनुमात्र नभइ जाँच दिन जानका लागि सक्षम हुनु रहेको उनकाे भनाइ छ।

    ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आजबाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्षपछि मात्र आउँछ’, उनले भनेका छन्, ‘म जनतालाई जिताउने जाँच दिन जाँदैछु, त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्नँ। म विजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १० गेस्ट हाउस चौरमा, भोलि ११ बजे इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा ‘धन्यवाद सभा’ गर्दैछु।’

    लामिछानेले धन्यवाद सभामा आउँदा फूल, माला, अबिर, खादा केही पनि नल्याउन अनुरोध समेत गरेका छन्।

    ‘कृपया त्यहाँ आँउदा मेरा लागि फूल, माला, अबिर, खादा केही पनि नल्याउनु होला। म आजबाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरूमा २ वटा बाकस हुनेछन्। एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा ‘उजुरी, समस्या, सुझाव पेटिका’ लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला’, उनले लेखेका छन्।

    लामिछानेले आफू भाेट माग्न नभ्याएका ठाउँमा काम गर्न आउने पनि बताएका छन्।