× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज देशभर मौसम सामान्यतया सफा रहने

    २ वर्ष पहिले

    मंसिर-९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशका तराई भुभागका केहि स्थानमा हुस्सु,कुहिरो लागेको र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ।

    हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।आज दिउँसो तथा राती देशभर मौसम सामान्यतया सफा रहनेछ।

    विभागले तराई भुभागमा हुस्सु,कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।