× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    काठमाडौंको सुकुम्वासी बस्तीमा महानगरको डोजर, विरोध उत्रिए स्थानीय

    २ वर्ष पहिले

    मंसिर -१२, काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीयले अवरोध गरेका छन्। महानगरपालिकाले सोमबार दिउँसो बस्ती हटाउन डोजर चलाएसँगै उनीहरू विरोधमा उत्रिएका हुन्।

    यतिवेला उनीहरू महानगरपालिकाको विरुद्धमा नाराबाजी गरिरहेका छन्।‘बाचे बस्ती मरे चिहान’ ‘बालेन शाह होस् गर्, हाम्रो भोट फिर्ता गर् भन्दै विरोध गरिरहेका छन्।

    सडकमा टायर बालेर ढुंगामुढासहित बसेका छन्। त्यसक्रममा उनीहरूले टायर बालेर प्रदर्शनसहित ढुंगामुढा गर्नुका साथै मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन्। सम्भावित झडपलाई अनुमान गरेर ठूलो संख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ।