× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौं महानगरपालिका अगाडि सुकुम्बासीको प्रदर्शन

    २ वर्ष पहिले

    मंसिर -१३, काठमाडौंको बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले काठमाडौं महानगरपालिका कार्यालयअघि प्रदर्शन गरेका छन्।

    उचित व्यवस्थापन नगरी बस्दै आएको ठाउँबाट हटाउन खोजेको विरोधमा सुकुम्बासीहरूले महानगर कार्यालयअघि र थापाथलीमा प्रदर्शन गरेका हुन्।

    अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं महानगरसँगको समन्वयमा कात्तिक २५ गते सूचना जारी गरी नदी किनारका बस्ती हटाउन १० दिनको म्याद दिएको थियो। सोही अनुसार हिजो महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा सुकुम्बासीले प्रतिकार गरेका थिए।

    त्यसक्रममा भएको झडपमा काठमाडौं महानगरपालिकाका १८ नगर प्रहरी घाइते भएका थिए।