× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भरतपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका संरचनाहरु भत्काउने

    २ वर्ष पहिले

    मंसिर-१३,चितवनको भरतपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका घर संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ ।

    महानगरपालिकाले नगर क्षेत्र भित्र प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृत गर्नुपर्नेमा सो नगरी बनेका घर, अस्थायी टहरा, पर्खाल लगायतका संरचना हटाउन महानगरपालिकाले सूचना जारी गरेको हो ।

    महानगरले कतिपय क्षेत्रमा बनेका संरचनाहरु स्वीकृत नलिई बनेको जनाएको छ । महानगरपालिकाले सडक क्षेत्राधिकार मिचेर बनेका घर संरचना पनि भत्काउने जनाएको छ ।

    नक्सा पास बिना अन्य प्रयोजनका लागि पसल, गोदाम, ट्रस, टहराहरु स्वीकृत नलिई बनेका ट्रस, पाली, टहरा, सडकबाट फुटपाथमा उक्लिन अवरुद्ध हुने गरी बनेका ढलाई लगायतका संरचना भत्काउने महानगरले जनाएको छ ।

    नक्सा पासमा बेसमेट पाकिङ स्वीकृत गरी अन्य प्रयोजन जस्तैं पसल, गोदाम, रेष्टुरेष्टमा प्रयोग भैरहेका बेसमेन्टहरू सोही प्रयोजनका लागि प्रयोगमा ल्याउन महानगरले सूचना जारी गरेर अनुरोध गरेको छ ।

    महानगरले तोकिएको समय भित्र ति संरचनाहरु आफैले नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम महानगर आफैंले हटाउने र लागेको खर्च सम्वन्धित व्यक्ति/संस्थाबाट असुल उपर गर्ने महानगरले जनाएको छ ।