× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    उपत्यका विकास प्राधिकरणले काठमाडौं भित्रको अवैध संरचना हटाउने

    २ वर्ष पहिले

    मंसिर-१४, काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा अवैधरूपमा अतिक्रमण गरी बनाएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ।

    प्राधिकरणले बुधबार सूचना जारी गर्दै यस्ताे निर्देशन दिएकाे हाे।

    सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिएको हो।

    प्राधिकरणले तोकिएको मितिभित्र नहटाए काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ काे दफा ८ बमाेजिम संरचना हटाउँदा वा भत्काउँदा लागेको सम्पूर्ण लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने चेतावनीसमेत दिएको छ।