× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विजयी भएलगत्तै जनताको कामको लागि एक्सनमा उत्रिए रवि लामिछाने ‌

    २ वर्ष पहिले

    मंसिर-१४, भर्खरै सम्पन्न आमनिर्वाचनमा चितवन क्षेत्र नं.२ बाट अत्याधिक मतका साथ विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनताको कामको लागि एक्सनमा उत्रिएका छन् ‌‌‌‌।

    भरतपुर महानगरपालिका–१ अन्तरगत पर्ने रामनगरका बासिन्दाहरुले बर्षौ देखि सहज रूपमा शुद्ध पिउन पानी खान नपाएको समस्या थाहा पाएपछि सांसद लामिछाने त्यहाँको अवस्था बुझ्न मंगलबार रामनगरमा खानेपानी व्यवस्थापनका प्रतिनिधि र स्थानीयहरुसंग छलफल गरे लगत्तै उनले आजदेखि श्रमदान अभियान सुरु गरेका छन्।

    रामनगरस्थित नारायणगढ–मुग्लिन सडक खण्ड छेउमै रहेको पुरानो पानी टंकी वरपर बुधबार सरसफाई गरिएको छ । सांसद लामिछाने आफै फिल्डमा उत्रिदै अभियानलाई अगाडि बढाएका थिए । झाडी फाड्दै गरेका लामिछानेले भने–‘मैले जनताको काम गर्छु भनेर राजनीतिमा होमिएको हुँ, त्यसैले जनताको समस्या समाधान गर्न फिल्डमा उत्रिएको हुँ ।’