× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    महोत्सवको विरोधमा उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी तथा बजार बन्द

    २ वर्ष पहिले

    मंसिर -१५, तुलसीपुरमा आजदेखि सञ्चालन हुन लागेको महोत्सवको बिरोधमा व्यवसायीहरुले तुलसीपुर उपमहानगरपालिकामा ताला लगाउनुका साथै बजार बन्द गरेका छन्।

    युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै संघले बजार बन्द गर्नुका साथै तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान ११ बजे तालाबन्दी गरेको हो ।

    व्यवसायीहरुले महोत्सवको बिरोधमा ताला लगाएपछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल कार्यकक्षमै थुनिएका छन् ।

    व्यापारीहरुले ताला लगाउनको लागि प्रमुख प्रशासकिय अधिकृत पौडेललाई बाहिर निस्कन आग्रह गर्दा उनले अटेर गरेपनि व्यवसायीहरुले उनलाई कार्यकक्षमै थुनेको तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस संयोजक शरद रेग्मीले जानकारी दिए । उपमहानगरपालिकामा ताला लगाएपछि अहिले मेयर टिकाराम खड्का र अन्य कर्मचारीहरु बाहिर बसेका छन् ।

    आजदेखि सञ्चालन हुने मेला नरोकिदासम्म ताला नखोल्ने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले बताए ।

    यता यसअघि जिल्ला प्रशासन कार्यालयको आदेश कार्यान्वयन नगरेको भन्दै व्यवसायीहरु ईलाका प्रहरी कार्यालय तुलसीपुरमा आधा घण्टा धर्ना दिएका थिए ।