× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौंमा नाइट क्लबहरु राति ४ बजेसम्म र डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र बारहरु राति २ बजेसम्म सञ्चालन गर्न पाइने

    २ वर्ष पहिले

    मंसिर-१५, काठमाडौंमा नाइट क्लबहरु राति ४ बजेसम्म सञ्चालन हुन पाउने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न व्यवसाय सञ्चालन गर्न पाउने समय तोकेको छ ।

    जस अनुसार रक्सी पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र बारहरु राति २ बजेसम्म सञ्चालन हुन पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

    काठमाडौं जिल्लास्थित रात्रिकालीन समयमा सञ्चालित हुने व्यवसायिक कार्यलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न समय निर्धारण गरेको प्रशासन कार्यालयले जनाएको छ ।