× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३ संक्रमित थपिँदा निको हुनेको संख्या २१

    २ वर्ष पहिले

    मंसिर-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५२ हजार १ सय ८८ जना पुगेको छ ।

    २४ घण्टामा ५ सय ८ जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ७९ हजार २ सय ३३ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा ३ सय ३५ एन्टिजन विधिबाट परीक्षण गर्दा कसैमा पनि पोजेटिभ देखिएन । हालसम्ममा १४ लाख ६० हजार २ सय ६६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा २१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार ७ सय ६२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य२रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १ सय २१ जना रहेको छ।