× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु,

    २ वर्ष पहिले

    मंसिर २०, मुग्लिन ।
    गएराति टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मुग्लिन देखि नारायणगढ तर्फ जादै गरेको बा २ ख ७४६२ नम्बरको ट्रिपर चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ अन्तरगत ३ नम्बरपुलबाट १५० मिटर तल त्रिशुली किनारमा खसेर दुर्घटना भएको हो । राति भएको उक्त दुर्घटनामा परी टिपर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामापरी मृत्यु हुनेमा बेनिघाट रोराङ्ग गाउँपालिका वडा नं. १० जिल्ला धादिङ्ग वर्ष ४२ को सन्त बहादुर राइ रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुन्जीत तामाङ्ले जनाएका छन् ।