× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तारा एयरको विमानमा चिल ठोक्कियो, विमानमा क्षति

    २ वर्ष पहिले

    मंसिर-२१, हुम्लाको मने लेक नजिकै तारा एयरको ट्विनअटर विमान चिलसँग ठोक्किँदा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन ।

    चिलसँग जहाज ठोक्किएपछि हुम्लाको सिमकोट विमानस्थलमा सुरक्षित रुपमा जहाज अवतरण गरिएको छ ।

    बुधबार दिउँसो १२:४५ बजे नेपालगन्जदेखि सिमकोट विमानस्थल हुम्ला आउँदै गरेको ९ एन-एकेएल कलसाइन भएको तारा एयरलायन्सको जहाज सिमकोट विमानस्थलमाअवतरण गर्न करिब २ मिनेट अगाडि अगाडिको टुप्पोमा चिल ठोक्किएको थियो ।

    सिमकोट विमानस्थलका कर्मचारीहरूका अनुसार जहाजको अगाडिको भागबाट चिल ठोक्किएर जहाजको नोजभित्र चिल छिरेको छ ।

    नेपालगन्जदेखि चामल लिएर आएको जहाजमा चालक दलका तीन जान सदस्य भने सकुशल रहेको र अहिले उक्त जहाज सिमकोट विमानस्थलमै राखिएको छ ।