× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनको इच्छाकामनामा बलेरो र मोटरसाइकल ठोक्किदाँ पाँच जना घाइते, दुइको अवस्था गम्भीर

    २ वर्ष पहिले

    मंसिर-२२, चितवनको इच्छाकामनामा दुई सवारी साधन एक आपसमा ठक्कर खादाँ पाँच जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै नारायणगढबाट काठमाडौँ जादैँ गरेको ना४१प ५४८ नम्बरको मोटरसाइकल र सोहि दिशाबाट जादैँ गरेको बागमती प्रदेश०३–००१ च १६८२ नं. को तरकारी बोक्ने बलेरो गाडी एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना र बलेरोमा सवार तीन जना घाइते भएका हुन् ।

    घाइते मध्ये मोटरसाइकल चालक नाम थर नखुलेको विदेशी नागरिक र बलेरोमा सवार नाम थर नखुलेका एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा सवार नाम थर नखुलेकी विदेशी महिलाको अवस्था मध्याम रहेको छ ।

    एकआपसमा ठक्कर खादाँ दुबै सवारी साधन सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि भरतपुर तर्फ पठाईएको छ । बलेरोमा चालक र सह चालक अस्थाई प्रहरी पोष्ट फिस्लिङको नियन्त्रणमा रहेको छ । ,दुबै सवारी साधन घटना स्थलमै रहेको प्रहरीले जनाएको छ ।