× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज मतिना पारु अर्थात् नेवा समुदायमा प्रेम गर्नेको लागि विशेष दिन

    २ वर्ष पहिले

    मंसिर-२३,हामी १४ फेब्रुअरीको दिन सबैलाई सम्झना हुन्छ । प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ भनेर ।

    यो त बाहिरबाट आएको संस्कृति हो तर नेवारी समुदायमा पनि प्रेमका लागि विशेष दिन हुन्छ भन्नेकमैलाई थाहा छ ।

    नेवार समुदायमा यःमरी पुन्हि (यमरी पूर्णिमा)को भोलिपल्टलाई मतिना पारु अर्थात् माया गर्ने दिनको रूपमा लिने गरिन्छ ।

    मतिना पारु नेपालमा बसोवास गर्ने नेवार समुदायको एक लोकप्रिय दिन हो । यो दिन यःमरि पुन्हिको भोली पल्ट पर्दछ । पुन्हि भन्नाले नेपालभाषामा पूर्णिमा हो, त्यसको भोली पल्ट मतिना पारु, मतिना भनेको माया र पारु भन्नाले प्रतिपदा भन्ने बुझिन्छ।

    योमरी पुन्ही सँग सम्बन्धित थुप्रै संस्कार र संस्कृतिहरू मध्ये लोकप्रिय रूपमा खानाको परिकार यःमरिको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्य सँगको सम्बन्ध सँगसँगै यसको अर्को पक्ष भनेको प्रेम पनि हो । परम्परागत समाज अहिले जस्तो माया प्रेमकाे विषयमा खुल्ला वातावरण थिएन । यसरी बन्धनले बाँधिएको समाजमा यःमरि पुन्हिका दिन टोल टोलमा गएर ‘यःमरि फ्वनेगु (माग्ने)’ परम्परा अनुसार यःमरि माग्दै जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमी सँग सुटुक्क कुरा गर्ने चलन थियो ।

    यसै क्रममा यःमरि पुन्हिकै दिन भेट्न आउने कुराकानी राखेर फर्कनेहरू त्यसको भोलीपल्ट भेट्ने गर्दछन् । त्यो दिनलाइ नै ‘मतिना पारु’ भनिन्छ । अहिले जस्तो फोन मोबाइल नभएको बेलामा यःमरि फ्वनेगु क्रममा सुटुक्क भेटी, कागजमा लेखेर सुटुक्क आदन प्रदान गरी कता कहिले भेट्न आउने कुरा साट्छन् । त्यसै अनुसार मतिना पारुका दिन भेटघाट हुन्छ ।

    इतिहासविद् गणेशराम लाछी भन्छन्, ‘‘भ्यालेन्टाइन डेको इतिहास १४औं शताब्दीको रोम राज्यबाट आएकोहो । भ्यालेन्टाइन नामक एक लोकप्रिय प्रेमीको नाममा बसेको दिवस विश्वभरि मनाउने गरिन्छ । भ्यालेन्टाइन डे भनेको जसरी नै माया, प्रणय निम्ति नेवार समुदायमा पनि एउटा विशेष दिन छ, त्यसलाई ‘मतिना पारु’ भनिन्छ । मनिता पारु भनेको प्रेम गर्ने दिन नै हो । यो दिन त नेवारी समुदाय युगौंदेखि थियो । मतिना पारु, लोकप्रिय चाड यःमरी पुन्हिको भोलिपल्ट पर्छ । पुन्हि भन्नाले नेपालभाषामा पूर्णिमा भनेझैँ, त्यसको भोलि पल्ट, पारु भन्नाले प्रतिपदा बुझिन्छ । ‘‘मतिना भनेको माया हो ।’