२ वर्ष पहिले
मंसिर-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५२ हजार २ सय १७ जना पुगेको छ ।
२४ घण्टामा २ सय ९७ जनाको पिसिआर परीक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ८१ हजार ७ सय ७२ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ६ सय २८ एन्टिजन विधिबाट परीक्षण गर्दा शुन्य संख्यामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ६४ हजार ७ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा १४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार ८ सय ५९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५१ जना रहेको छ।