× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई हराउँदै विश्वकपकाे सेमिफाइनलमा प्रवेश

    २ वर्ष पहिले

    मंसिर -२४,अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुट आउटमा हराउँदै विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।

    अर्जेन्टिनी गाेलकिपर मार्टिनेजले डच टाेलीकाे दुई पेनाल्टी राेकेपछि दक्षिण अमेरिकी राष्ट्रले ८ वर्षअघिकाे पुरानाे नतिजालाई दाेहर्याउँदै विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे हो।

    निर्धारित समयकाे खेल २–२ गाेलकाे बराबरीमा राेकिएपछि दुवैतर्फबाट थप गरिएकाे अतिरिक्त समयमा पनि कुनै नतिजा निस्किएन। पेनाल्टीमा अर्जेन्टिना ४–३ गाेलले विजयी हुँदै छैटाैं पल्ट विश्वकपकाे सेमिफाइनलमा प्रवेश गर्याे।

    नेदरल्याण्ड्सका कप्तान भान डायककाे पेनाल्टीलाई अर्जेन्टिनी गाेलकिपरले राेकेका थिए। अर्जेन्टिनाका लागि पहिलाे पेनाल्टी मेसीले हाने र सहजै गाेल गरे।

    डच टिमका लागि बर्कह्यामले दाेस्राे पेनाल्टी हानेका थिए। त्यसलाई पनि अर्जेन्टिनी गाेलकिपर मार्टिनेजले राेके। अर्जेन्टिनाका लागि दाेस्राे पेनाल्टीबाट लियाेनाद्राे पार्देसले गाेल गरे।

    डच टिमकाे तेस्राे पेनाल्टी कप्मेर्न्सले गरे। अर्जेन्टिनाका लागि गाेन्जालाे माेन्टियलले गाेल गरे।

    चाैथाे गाेल वाउटले गरे। अर्जेन्टिनाका लागि इन्जाे मार्टिनले बाहिर पेनाल्टी हाने। पाँचाै गाेल हान्न आएका डच खेलाडी लुक डे जाेङले गाेल गरे। अर्जेन्टिनाका लागि लाेउटाराे मार्टिनेजले गाेल हान्दै अर्जेन्टिनालाई सेमिफाइनलमा पुर्याए।

    यसअघि अर्जेन्टिनाले ७३ मिनेटमा लिएको दुई गोलको अग्रतालाई नेदरल्याण्ड्सले २–२ गोलको बराबरीमा रोकेको थियो।

    अर्जेन्टिनाका लागि नावेल मोलिनाले ३५ मिनेटमा लिओनल मेसीको पासमा गोल गरेका थिए। अर्जेन्टिनाले दोस्रो गोल मेसीको पेनाल्टीमा गरेको थियो। डिबक्सभित्र अकुनालाई लडाएपछि अर्जेन्टिनाले गोलको अवसर पाएको थियो। जसमा मेसीले विश्वकपको चौथो गोल पुरा गरे।