× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    क्रोएसियालाईट हराउँदै अर्जेन्टिना पुग्यो विश्वकपको फाइनलमा

    २ वर्ष पहिले

    मंसिर-२८, कतारमा जारी फिफा विश्वकपको पहिलो सेमीफाइनल खेलमा ३-० को जित निकाल्दै अर्जेन्टिना फाइनल पुगेको छ। पहिलो हाफ अन्त्य नसकिँदै दुई गोलको अग्रता बनाएको अर्जेन्टिनाले क्रोएसियाविरुद्ध सहज जित निकाल्दै फाइनल प्रवेश गरेको हो।

    कतारको लुसेल रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा गोल गरेका थिए।

    त्यसपछि अल्वारेजले दुई गोल गरे। पहिलो हाफमा मेस्सीले गोल गरेको पाँच मिनेट नबित्दै अल्वारेजले गोल गरेपछि अर्जेन्टिनालेले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको हो।

    दोस्रो हाफमा उसले एक गोल थप्यो। खेलको ६८ औं मिनेटमा मेस्सीले नै दिएको पासमा अल्वारेजले पोस्टको अगाडिबाट गोल गरेका थिए। त्यो गोलसँगै साविक उपविजेता क्रोएसिया तीन गोेलले पछि परेको थियो।

    पहिलो हाफमा ६१ प्रतिसत समय बल नियन्त्रणमा लिएको क्रोएसियाले भने अर्जेन्टिनाको पोस्टतर्फ दुई पटक मात्र प्रहार गर्न सकेको थियो। यता ९ पटक अट्याकको प्रयास गरेको अर्जेन्टिनाले भने सात पटक विपक्षिको पोस्टको सही दिशामा प्रहार गरेको थियो।

    अर्जेन्टिनाका लागि यो खेल क्रोएसियासँग उत्कृष्ट बदलासमेत रह्यो । सन् २०१८ को विश्वकप समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० गोलले पराजित गरेको थियो ।