× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सवारी साधनको यान्त्रीक चेकजाच गर्दै मुग्लिन प्रहरी

    २ वर्ष पहिले

    मंसिर २८, चितवन
    ट्राफिक प्रहरी कार्यालय मुग्लिन र इलाका प्रहरी कार्यालय मुग्लिनले आज यान्त्रीक परिक्षण टोली सहित सवारी साधनको चेक जाच शुभारम्भ गरेको छ । दिनहु जसो भइरहने सवारी दुर्घटनाको प्रमुख कारणहरु मध्ये सवारी साधनको यान्त्रीक अवस्था ठिक नहुनु पनि एक मुख्य कारण रहेको भन्दै प्रहरीले मुग्लिनमा सवारी साधनको यान्त्रिक अवस्था चेक जाच शुरु गरेको हो । प्रहरीले मुग्लिन बजार स्थित रहेको नेपाल मोटर ग्यारेज र विश्वकर्मा मोटर ग्यारेजसंगकाे सहकार्यमा यान्त्रीक टोली राखेर सवारी चेकजाँच गरेको हो ।


    लामो दुरीमा गुड्ने सवारी साधनको यान्त्रिक अवस्था चेकजाच गरेरमात्र सवारी चलाएमापनि दुर्घटनामा न्युनिकरण ल्याउन सकिने हुँदा सवारी चालकले अनिवार्य रुपमा चेकजाच गरेर मात्र सवारी चलाउनुपर्ने ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी सहायक निरिक्षक सैलेन्द्र यादवले बताउनुभयो ।

    यान्त्रीक टोलीले सवारी साधनको इन्जिनको अवस्था, ब्रेकको अवस्था, टायरमा हावाको अवस्था, मोटरसाइकलको चेन, क्लज, मोविलको अवस्था आदी चेक जाच गरिएको उहाँले बताउनुभयो ।


    अति व्यस्त यस राजमार्गमा भइरहेको दुर्घटनाका मुख्य कारण मध्ये सवारी साधनको यान्त्रिक अवस्था ठिक नहुनु पनि प्रमुख कारण भएकोले सवारी साधनको यान्त्रिक परिक्षण सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक सुन्जित तामाङले बताउनुभयो । यान्त्रिक परिक्षण अभियानमा सवारी चालकहरुले राम्रो प्रतिक्रिया दिएको उहाँले बताउनुभयो । यस अभियानलाई नियमित रुपमा सञ्चालन गरिने.पनि उहाँले बताउनुभयो ।


    लामो दुरीमा सवारी चलाइराख्नु पर्ने हामी सवारी चालक आफैले सवारी साधनको यान्त्रीक अवस्था चेकजाच गरेर मात्र सवारी चलाउनुपर्नेमा ट्राफिक प्रहरीले चलाएको यस अभियानबाट आफु खुसी भएको बताए । यस्तो किसिमको चेकजाच सबै ठाउमा गर्नुपर्ने चालक रमेश थपलियाले बताए ।


    त्यस्तै भारतबाट पशुपतिनाथ दर्शनका लागि आएका श्याम यादवले नियमित रुपमा भारतमा यान्त्रिक चेक हुने गरेको तर नेपालमा पहिलो पटक सवारी साधनको यान्त्रिक चेक जाच गरेको पाइएकोमा आफु खुसी भएको बताए ।


    यान्त्रिक चेक जाचको अभियानमा आज पहिलो दिन ३० वटा मोटरसाइकल, १५ वटा कार र ५ वटा बसबसको यान्त्रिक चेकजाच गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले बताउनुभयो । चेकजाचको क्रममा प्राय सवारी साधनहरुको ब्रेकको अवस्था, टायरमा हावाको अवस्था, व्याट्री र मोटरसाइकलको चेनको अवस्था सामान्य नरहेको पाइएको उहाँले बताउनुभयो ।