× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पुस १ र हाम्रो पुस्ता -सुनिल उलक

    २ वर्ष पहिले

    पुस-१, आज पौष १ गते राजनितीका खेलाडीहरुको लागी आजको दिन इतिहासमा कालो दिन होला । तर राजनिती प्रति चासो नहुने साधारण नेपाली जनताको लागी भने एउटा स्वर्णिम युगको शुरुवातको दिन हो । हुन त यहाँ धेरैको बिरोधाभास आउन सक्छ । एउटा जनताले चुनेको प्रजातान्त्रिक सरकार माथी राजाको क्रुर कदमको ब्याख्या पनि गरिएला । प्रजातान्त्रिक सरकार गठन र त्यस पूर्वका घटनाचक्रहरु गहिराइमा नियाल्दा भने धेरै नै गलत कदम राजाले उठाए झै लाग्दैन, तैपनि २-४ वर्ष प्रजातान्त्रिक सरकारलाई काम गर्न दिए पछि मात्रै कठोर कदम उठाएको भए केही भिन्न तर्क पनि आउन सक्थे ।

    दोश्रो बिपी नेतृत्वको प्रजातान्त्रिक सरकार भंग गराउन भने भारतको नेहरु सरकारले पूर्ण सहयोग गरेको थियो ।

    तर राजाले ल्याएको नयाँ ब्यबस्था पनि गलत नै भने थिएन किनकी राजनैतिक बिश्लेषणको आधारमा हेर्ने हो भने पञ्चायतको तीस वर्षे कालमा नेपालमा धेरै बिकास भएको थियो । तर पञ्चायतको पछिल्लो समयमा भने पञ्चहरु भ्रष्ट हुन थाले । जसले गर्दा पञ्चायत प्रति रुष्टता शुरु भयो ।

    खैर राजनैतिक उथलपुथल पछि अहिले देशमा गणतन्त्र आइसकेको छ । राजा पनि देशबाट हटिसकेको छ । परिवर्तन पछि पनि जनता फेरी गणतन्त्रबाट वाक्क हुन थालिसकेको छ । देशमा समय समयमा राजनैतिक परिवर्तन अपरिहार्य छ । जनता हरेक शासन पद्धतीबाट केही समय पछि वाक्क हुनु स्वभाविक नै हो । साथै देशका नेता तथा राजनैतिक कार्यकर्ता तथा तिनका पिछलग्गुहरुको कारणले पनि हरेक शासन पद्धती शुरुवात भएको केही वर्ष पछि जनता आजित हुन थाल्ने गर्दछन् । जसले गर्दा परिवर्तन खोज्न थाल्दछ ।

    हरेक शासनपद्धतीमा गुण र दोष दुबै हुने गर्दछ । तर त्यसलाई सञ्चालन गर्ने शासक वा राजनितीकर्मीहरुको नियत गलत भइदियो भने सत्ता वा शासनपद्धती परिवर्तन हुनु कुनै आश्चर्यको घटना हुदैन । गणतन्त्र देखेर पनि जनता आजित भएको अहिलेको अवस्थामा फेरी पनि परिवर्तन खोज्न जनता सडकमा आउनु कुनै नौलो होइन ।

    हेरौ सत्र सालको पुस १ गते राजा महेन्द्रले बिपीको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेपछि देशको नाममा दिएको सन्देशमा राजाले के भने ।