× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज पाँचौ राष्ट्रिय झन्डा दिवस

    २ वर्ष पहिले

    पुस-१,आज पुस १ गते अर्थात पाँचौ राष्ट्रिय झन्डा दिवस विविध कार्यक्रम गरी मनाईएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आज राजधानीमा प्रभातफेरीसहित माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको छ ।

    प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । ०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो ।

    सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दिवस मनाइएको बताए ।

    पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रूपमा मात्रै प्रयोग गर्नुपर्ने उनको माग छ । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।