× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मिस क्रोएसिया इभानालाई कतारी खेलाडीले गरे विवाह प्रस्ताव

    २ वर्ष पहिले

    पुस-१, मिस क्रोएसिया इभाना केनोललाई कतारी खेलाडीले विवाह प्रस्ताव गरेको डेली मेलले जनाएको छ । आयोजक कतारका एक खेलाडीले क्रोएसियाकी २६ वर्षीया मोडल इभानालाई विवाह प्रस्ताव राखेको डेली मेलले जनाएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल बनिरहेकी इभानालाई दैनिक दुई लाखले फलो गर्दै आएका छन् । अहिले इभानालाई २.६ मिलियनले फलो गरेका छन् । केही खेलाडीले आफूलाई सहज मानेको र उनीहरूको प्रतिक्रियामा विचार गरिरहेको इभानाले बताइन् ।

    विश्वकप चलिरहँदा केही खेलाडीले चर्चित खेलाडीलाई भेटाइदिने भन्दै म्यासेज गरेका छन् । तर, उनले कुनै प्रतिक्रिया नदिएको प्रस्ट पारिन् । ‘उनीहरूले मलाई जहाँ पनि भेट्दा माया गर्छन्, तर म खेलमा गइरहेकी छु । उनीहरू मसँग सिटमा सँगै बस्न रुचाउँदैनन् । क्यामेराका कारण उनीहरू अर्काे सिटमा गएर बस्छन्,’ इभानाले कतारका खेलाडीबारे भनिन् ।

    बुधबार बिहान पहिलो सेमिफाइनल खेल सुरु हुनु चार घन्टाअगाडि कतारी सुरक्षाकर्मीले मैदान प्रवेश गरेकी इभानालाई नियन्त्रणमा लिएको थियो । कतार विश्वकपमा ‘सेक्सी फ्यान’ उपनाम पाएकी इभानाले प्यारापिटमा प्रवेशसँगै दर्शकको घुइँचो लागेपछि प्रहारीले नियन्त्रणमा लिएको हो । यसअघिसमेत उनले कतारी नियम उल्लंघन गर्दै मैदान प्रवेश गरेपछि सुरक्षाकर्मीको नियन्त्रणमा परेकी थिइन् ।

    पहिलोपटक मध्यपूर्वी मुस्लिम राष्ट्रमा आयोजना भएको विश्वकपमा महिलाले बडी सो गर्ने र उत्तेजित पार्ने कपडा लगाउन निषेध गरिएको छ । ‘मेरो चाहना सबैलाई खुसी पार्नु हो । कतारमा रमाइलो गर्न चाहन्छु,’ इभानाले भनिन् ।