× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

    २ वर्ष पहिले

    पुस-१, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।

    शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै एलपी ग्यास र हवाइ इन्धको मूल्य भने हाललाई यथावत् राखिएको छ ।

    निगमका अनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ र डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ ।

    भारतीय आयल कर्पोरेशनबाट शुक्रबार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटाएर सुची पठाएको भएपनि नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मात्र घटाएको हो।