× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    सरकारले पेट्रोलियम पदार्थको ढुवानी भाडा बढायो

    २ वर्ष पहिले

    पुस-३, सरकारले पेट्रोलियम पदार्थको ढुवानी भाडा १० प्रतिशतले वृद्धि गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल भित्रका १७ र नेपाल बाहिरका ५ वटा रुटमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर र ट्रकको भाडा वृद्धि गरेको हो ।

    सरकारले निर्वाचन अघि नै निर्णय गरे पनि निर्वाचनको मतपरिमाण सार्वजनिक भएपछि भाडा वृद्धिको सूचना जारी गरिएको हो । नेपाल आयल निगमका अनुसार सरकारले कात्तिकको अन्तिम सातातर्फ पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको थियो । तर, निर्वाचनमा नकरात्मक प्रभाव पर्न सक्ने भन्दै भाडा वृद्धिको सूचना सार्वजनिक गरिएको थिएन ।

    निगमले पुस १ गते शुक्रबारदेखि लागू हुने गरेर पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको हो ।

    कात्तिक २७ गते बसेको निगमको सञ्चालक समितिले नै भाडा वृद्धि सम्बन्धी निर्णय गरेको थियो । तर, निर्वाचन आयोगसँग सहमति लिएर मात्रै निर्णय सार्वजनिक गर्ने भन्दै तत्काललाई सूचना सार्वजनिक गरिएको थिएन । हाल नेपालमा पेट्रोलियम ढुवानी गर्ने १७ वटा रुट छन् भने नेपाल बाहिर ५ वटा रुट छन् । भारतबाट नेपाल आउने र नेपालबाट विभिन्न स्थानमा पठाइने रुटमा बढेको भाडावृद्धिलाई हेर्दा समग्रमा १० प्रतिशतसम्म भाडा बढेको हो ।

    नयाँ मुल्य अनुसार बरौनीदेखि जनकपुरको भाडा ३२ सय ५७ रुपैयाँ ९६पैसा कायम भएको छ ।

    त्यस्तै, सिलगुरीदेखि छरालीको नयाँ भाडादर ११ सय १७ रुपैयाँ निर्धारण गरिएको छ भने रक्सौलदेखि पोखराको ट्यांकर भाडा ३४ सय १५ रुपैयाँ तोकिएको छ ।