× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    तनहुँको खानीखोला पुल भासिदा अवरुद्ध बनेको राजमार्ग खुल्यो

    २ वर्ष पहिले

    पुस-३, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ स्थित खानीखोलाको पुल भासिदा अवरुद्ध बनेको राजमार्ग खुलेको छ ।

    बिहान १० बजेतिर सडक निर्माणको क्रममा पुल भासिएर दुईतर्फी सवारी आवागमन बन्द हुँदा थुप्रै सवारी साधन जाममा परेका थिए ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्का अनुसार १:२५ बजेदेखि सडक सुचारु भएको छ । भासिएको स्थानमा ग्राबेल हालेर सडक सुचारु भएपछि अहिले ठूला सवारी साधन एकतर्फी रुपमा सञ्‍चालनमा आएको खडकाले जानकारी दिए ।

    ‘साना सवारी साधन भने दुईतर्फी नै चलेका छन्,’उनले भने । यो सडक खण्डमा अहिले चार लेन सडक विस्तारको काम भइरहेको छ ।

    सडक अवरुद्ध हुँदा अलपत्र परेका सयौँ सवारी साधन अहिल गन्तव्यतर्फ लागेका छन् ।