× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    मेसी सर्वोत्कृष्ट खेलाडि,एम्बाप्पे सर्वाधिक गोलकर्ता,मार्टिनेजलाई गोल्डेन ग्लोभ्स र फर्नान्डेज उत्कृष्ट युवा खेलाडी

    २ वर्ष पहिले

    पुस-४, फिफा विश्वकप २०२२ कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताका सर्वोत्कृष्ट घोषित खेलाडी भएका छन्।

    अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका लियोनल मेस्सी उत्कृष्ट खेलाडी बन्दै गोल्डन बल जितेका हुन्।

    यस्तै, प्रतियोगिता भर ८ गोल गरेर सर्वाधिक गोलकर्ता बनेका फ्रान्सका किलियन एम्बाप्पेले गोल्डनबुट जितेका हुन्।

    अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका किपर इमिलिआनो मार्टिनेज उत्कृष्ट गोलकिपर बन्दै गोल्डन ग्लोभ्स अवार्ड जितेका हुन् ।

    यस्तै उत्कृष्ट युवा खेलाडी अर्जेन्टिनाकै इन्जो फर्नान्डेज घोषित भएका हुन्।