× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा पानी पर्ने तथा उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

    २ वर्ष पहिले

    पुस-४,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा पानी पर्ने तथा उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना रहेको छ।

    विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो रहेको छ।हाल देशमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

    आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

    यस्तै, राती प्रदेश १ लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।