× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    नेपाल लाइफ इन्स्योरेन्स मुग्लिन शाखाद्धारा विमा दावी रकम भुक्तानी

    २ वर्ष पहिले

    पौष ५, मुग्लिन
    नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीले आँबुखैरेनी गाउँपालिका वडा नं. २ का वीमित स्व. इन्द्र राज पन्तका श्रीमति शोभा पन्तलाई मृत्युदावी वापत चेक हस्तान्तरण गरेका हुन् । मुग्लिन स्थित रहेको कार्यालयमा शाखा प्रमुख सुरेश अधिकारीले मृतकका श्रीमति शोभा पन्तलाई ६ लाख ७ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो । मृतक पन्तको एक्कासी विरामी भएका कारणले मृत्यु भएको थियो ।


    मृतक पन्तले बीमालेख नं. १०३०४८१४८, सुरक्षित जीवन विमा अन्तर्गत ५ लाखको जीवन विमा गराएका थिए । स्व. पन्तले आफ्नो जिवन कालमा ४ किस्ताको रकम १ लाख ५८ हजार ८ सय ३३ रुपैया मात्र भुक्तानी गराएको शाखा प्रमुख अधिकारीले बताए । श्रीमान्को मृत्यु दावी भुक्तानीको लागि आवेदन दिएका शोभा पन्तलाई कम्पनीले सबै प्रक्रिया पुरा गरी ५ दिन भित्र चेक हस्तान्तरण गरेको शाखाका प्रमुख सुरेश अधिकारीले बताए ।