× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    विश्वकपको उपाधि जितेको खुसी मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

    २ वर्ष पहिले

    पुस-५, फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश पुगेसँगै राजधानी ब्युनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    अर्जेन्टिनी सरकारले राष्ट्रिय टोलीको जितमा खुलेर खुसीयाली मनाउन बिदा दिएको जनाएको छ । त्यस्तै अर्जेन्टिना फुटबल संघले विज्ञप्ति जारी गर्दै विश्व च्याम्पियन टोलीले मंगलबार दिउँसो ओबेलिस्क क्षेत्रमा समर्थकमाझ उपाधिको खुसियाली मनाउनेछ । सोमबार कतारबाट अर्जेन्टिना प्रस्थान गरेको टोली मंगलबार विहान त्यहाँ पुगेर विमानस्थल नजिक रहेको संघको प्रशिक्षण केन्द्रमा आराम गर्नेछ ।

    अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै उपाधि जितेको थियो । अतिरिक्त समयमा ३-३ को बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनल खेललाई धेरैले हालसम्मकै उत्कृष्ट फाइनलको उपमा दिएका छन् ।

    अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले उपाधि जितेसँगै अर्जेन्टिना फर्कन आतुर रहेको बताएका थिए । ‘म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न चाहन्छु । म समर्थकमाझ खुसी साट्न चाहन्छु । यो क्षणमा रम्न चाहन्छु,’ मेस्सीले भने ।

    अर्जेन्टिनी टोली रोम हुँदै अर्जेन्टिना पुग्दैछ । नेपाली समयअनुसार मंगलबार मध्यान्हमा अर्जेन्टिना पुगेपछि टोलीले विश्राम लिनेछ ।