२ वर्ष पहिले
पुस-५, पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ बिहानी पम्प नजिकै बस र माइक्रोबस ठोकिँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रु बस र काठमाण्डौबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।