× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनको चुम्लिङ्गटारमा सवारीको भार मापन गरिदै

    २ वर्ष पहिले


    पौष ८, मुग्लिन
    चितवनको चुम्लिङ्गटारमा सवारीको भार मापन केन्द्र स्थापना गरिएको छ । एशियाली विकास बैंकको ऋण लगानीमा बन्न लागेको मुग्लिन नौविसे सडकको डिजाइनको लागि ट्राफिक तथा एक्सल लोड सर्भे गरेको सिभिल इन्जीनियरीङ्ग रिसर्च एण्ड कन्सल्टेन्टका म्यानेजिङ्ग डाइरेक्टर राजिव झाले बताए ।

    ३ दिन सम्म गरिने सर्भेमा दिनमा कति सवारी साधनले कति क्षमताका भार बोक्ने गरेको र सवारी साधनको एउटा चक्कामा भारको मात्रा कति पर्छ भन्ने विवरण संकलनको लागि सर्भे गरिएको उन्ले बताए । ७२ घण्टा सम्म गरिएको सर्भेको रिपोर्ट अनुसार नै सडकको डिजाइजन कस्तो हुने भन्ने कुरा थाहा हुने उन्ले बताए । मुग्लिन नारायणगढ लगाएत ब्म्द्य को ऋण सहयोगमा बन्ने सबै सडकहरुमा यसरी नै डाटा कलेक्सन गरेर सडक डिजाइन गरेको उन्ले बताए । अहिले ट्राफिक प्रहरी कार्यालय मुग्लिन, मुग्लिन नौविसे सडक आयोजनाको कार्यालय मुग्लिनको सहकार्यमा सभिल इन्जीनियरीङ्ग रिसर्च एण्ड कन्सल्टेन्ट प्रा.लि.का ८ जना इन्जिनियरहरुले तथ्याङ्क संकलन गर्दै आएको छ ।