× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    मुग्लिन सुन्तलाको हव बन्दै ।

    २ वर्ष पहिले

    पौष ९, चितवन
    यति बेला मुग्लिन सुन्तला विक्रीको मुख्य हव बनेको छ । राजधानि जोड्ने मुख्य राजमार्ग भएको कारण पनि मुग्लिन बजारमा सुन्तला किन्नेहरुको भिड लाग्ने गरेको हो । मुग्लिन बजारका सडक छेउमा सुन्तला विक्री गर्न राखिएको ५० भन्दा बढी ठेलाहरु रहेका छन् । एउटा ठेलाबाट दैनिक २०० किलो भन्दा बढी सुन्तला विक्री गर्ने गरेको स्थानीय व्यापारीहरु बताउछन् । मुग्लिनमा विक्रीका लागि राखिएका सुन्तलाहरु चितवन, धादिङ्ग गोरखा र स्याङ्जाको विभिन्न ठाउमा उत्पादन भएका सुन्तलाहरु रहेको फलफुल व्यवसायी संघ इच्छाकामनाका अध्यक्ष जित बहादुर गुरुङ्गले बताए ।

    उन्का अनुसार मुग्लिनमा दैनिक १० देखि १२ क्वीन्टल सम्म सुन्तला विक्री हुने गरेको बताए । अन्य ठाउहरुमा उत्पादन भएको सुन्तला भन्दा गोरखाको मनकामना, धादिङ्गको जोगीमारा, चितवनको तामिन र इच्छाकामनामा उत्पादन हुने सुन्तलाको माग बढी हुने गरेको उन्ले बताए । चितवनको इच्छाकाना गाउँपालिकाको काउले, तोक्दान, इच्छाकामना, तामिन लगाएकतका ठाउहरुमा सुन्तला राम्रो उत्पादन हुने गरेको र निकट भविष्यमै संकलन केन्द्रको निर्माण गरी कृषक र व्यापारीहरुको लागि सहजीकरण गरिने गाउपालिकाको अध्यक्ष दान बहादुर गुरुङ्गले बताए ।