× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिनको पुरानो पुललाई पर्यटन क्षेत्रको रुपमा प्रवद्र्धन गरिदै ।

    २ वर्ष पहिले

    पौष १०, मुग्लिन
    पृथ्वीराजमार्ग अन्तगरत चितवन र तनहु जोड्ने मुग्लिनको पुरानो पुललाई स्थानीय सरकारले संरक्षण एवम् प्रर्वद्धन गर्ने भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका र स्थानीय क्लबसंग समन्वय गरेर पुललाई पर्यटन क्षेत्रको रुपमा प्रवर्द्धन गरिने इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ्गले बताएका छन् । पहिलो चरणमा पुलको सरसफाइ तथा रंगरोगन गरिने र दोस्रो चरणमा पर्यटकलाई आकर्षण गर्न सकिने रिफ्रेस सेल्फी जोन, कफिजोन लगाएतका संरचनाहरु निर्माण गरिने अध्यक्ष गुरुङ्गले बताए ।


    वि.सं. २०२४ सालमा चीन सरकारको सहयोगमा निर्माण गरेको उक्त पुल जीर्ण भएको कारण नयाँ पुलको निर्माण पछि उक्त पुलबाट सवारी साधन गुड्न बन्द भएको थियो । पुरानो पुलमा सवारी साधन चल्न छोडेपछि टिकटक पुलको रुपमा चर्चित हुदै गएको उक्त पुलमा सेल्फी खिच्ने, टिकटक बनाउने र पुलबाट देखिने रमणीय दृष्यको आनन्द लिन आउनेहरुको संख्या धेरै रहेको स्थानीयहरु बताउछन् ।


    आन्तरिक पर्यटकहरु पनि नयाँपुल सञ्चालनमा आएपछि पुरानो पुलको संरक्षण नभएको हुँदा सम्बन्धित निकायले यसको संरक्षण र प्रबद्र्धनमा ध्यान दिनुपर्ने बताउछन् ।


    पुल क्षेत्रलाई पर्यटकीय क्षेत्रसंगै व्यापारीक केन्द्रको रुपमा विकास गर्न स्थानीय त्रिवेणी युवा क्लबले पनि सहयोग गर्ने भएको छ । पुल नजिकै कृषिजन्य वस्तुहरुको विक्री केन्द्रको स्थापनाको तयारी भइरहेको त्रिवेणी युवा क्लबका सचिव कुमार श्रेष्ठले बताएका छन् ।