× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बालकोटमा सरकार गठनका लागि ४ दलको बैठक सुरु

    २ वर्ष पहिले

    पुस-१०, एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सरकार गठनका लागि ४ दलको बैठक सुरु भएको छ।

    सत्ता गठबन्धन तोडिएको निष्कर्ष निस्किएसँगै एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच छलफल भएको हो।

    तीन पार्टीबीच छलफल हुनुअघि राप्रपाका शीर्ष नेताहरु बालकोट पुगेर फर्किएका थिए। सो पार्टी अहिले बैठकमा जुटेको छ।

    यी चार दलबीच सत्ता गठबन्धन बनेमा प्रधानमन्त्रीका लागि सहज बहुमत जुट्छ। एमालेसँग ७८ (एक जना निलम्बित भएका कारण), माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २० र राप्रपासँग १४ सिट छ। सबै जोड्दा १४४ सिट पुग्छ। जुन सरकार गठनका लागि पर्याप्त हुन्छ।

    यसका अतिरिक्त १२ सिट रहेको जसपा, ६ सिट रहेको जनमत पार्टी, ४ सिट रहेको लोसपा लगायतका दलहरु पनि थपिने सम्भावना छ।

    आइतबार बिहान बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छलफलमा बसेका थिए। तर सहमति जुट्न सकेको थिएन।