× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमाले सहितका दलको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने

    २ वर्ष पहिले

    पुस-१०, एमालेसहितका दलको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने सहमति जुटेपछि दलका शीर्ष नेताहरू शीतल निवास जाने भएका छन् ।

    प्रचण्डको नेतृत्वमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सम्मिलित सरकार गठन गर्ने सहमति बालकोटमा जुटेको हो ।

    यी सबै दल जोड्दा १६६ सांसदको समर्थन जुट्छ । सरकार गठनका लागि जम्मा १३८ सीट भए पुग्छ ।

    आजै ओली, प्रचण्ड, रवि लामिछाने लगायतका नेता शीतल निवास पुगेर प्रधानमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।