× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना केबलकार अर्का सुचना जारी नहुन्जेल सम्मको लागि बन्द हुने

    २ वर्ष पहिले

    पुस,११, मनकामना दर्शन प्रालिद्वारा चितवनको इच्छाकामना ४ कुरिनटार चेरेसमा सञ्चालित मनकामना केबलकार अर्का सुचना जारी नहुन्जेल सम्मको लागि बन्द हुने भएको छ।

    मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले दिइएको जानकारी अनुसार पुस १० गते आइतबार बार साँझ विद्युत् आपूर्तिमा भएको समस्याका कारण केवुलकारको प्यानलमा ठूलो क्षति पुग्न गएकोले र निर्माता कम्पनी अस्ट्रियाको डोपलोमायरकै प्राविधिक नै नआए सम्म मर्मत नहुने हुँदा अर्को सूचना जारी नभएसम्मको लागि केबलकारको सेवा बन्द हुने जनाएको छ।

    साथै सो अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा यथावत सञ्चालनमा रहने समेत बताइएको छ ।