× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फुटबल लिजेण्ड पेलेको निधन

    २ वर्ष पहिले

    पुस-१५,ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ । ८२ वर्षका पेले केही समय यता मिर्गौला र प्रोस्टेटको उपचार गराइरहेका थिए ।

    उनको केही घन्टा अगाडि ब्राजिलको एक अस्पतालमा निधन भएको हो । साओ पाओलोको आइन्स्टिाइन अस्पतालमा उनको उपचार चलिरहेको थियो ।

    २१ वर्ष लामो फुबटल करिअरमा १३६३ खेल खेलेका पेले १२८१ गेल गरेर विश्व रेकर्ड आफ्नो नाममा दर्ज गरेका थिए ।

    उनी अहिलेसम्म एक मात्र खेलाडी हुन् जसले तीन पटक विश्वकपको ट्रफी उचालेका छन् । सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा उनी ब्राजिलको टिममा खोलडी थिए ।

    सन् २००० मा उनलाई फिफा प्लेयर अफ द सेन्चुरीको सम्मान दिइएको थियो ।