२ वर्ष पहिले
पुस-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ३ जना रहेको छ । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ३ सय २ जना पुगेको छ ।
२४ घण्टामा ७ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या २ जना रहेको छ । हालसम्ममा ५९ लाख ९१ हजार १ सय ३३ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा १ हजार २ सय ८९ जनामा एन्टिजन विधिबाट परीक्षण १ जनामा कोरोना पुष्टी भएको छ। हालसम्ममा १४ लाख ८० हजार ५ सय ७१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या ४ रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार ९ सय ६६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २० जना रहेको छ।