× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनको विभिन्न खोलाहरुबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने एउटा जेसीबी सहित ६ टिप्पर प्रहरीको नियन्त्रणमा

    २ वर्ष पहिले

    पुस-१९, चितवन प्रहरीले खैरहनी र रत्ननगरका विभिन्न खोलाहरुबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने एउटा जेसीबी सहित टिप्परहरुलाई नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिएका सवारीहरुलाई कारवाहीका लागि सम्वन्धित नगरपालिका पठाइएको छ । खैरहनी नगरपालिका वडा नम्बर ३ बाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा एउटा जेसीबीसहित चार वटा टिप्परलाइ नियन्त्रणमा लिनुका साथै वडा नं १ बाट ५०७ घनमिटर र वडा नम्बर ३ बाट १२४ घनमिटर नदिजन्य पदार्थ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले बा १ क ६०३६ नम्बरको जेसीबी तथा ग २ ख ९३४, ना ८ ख २९३४, ना ७ ख २६७३ र ना ८ ख ६२७१ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि खैरहनी नगरपालिका पठाइएको हो ।

    त्यसैगरी प्रहरीले रत्ननगरबाट दुई वटा टिप्पर नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीको टोलीले रत्ननगर नगरपालिका वडा नं ३ बाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ना ८ ख १४९४ , र ना ८ ख ५९५३ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि रत्ननगर नगरपालिका पठाइएको प्रहरीले जनाएको छ ।