× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बहुला कुकुरको टोकाइबाट इच्छाकामनामा २५ घाइते

    २ वर्ष पहिले

    पौष १९, मुग्लिन ।
    चितवनको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउमा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन । इच्छाकामना तीन अन्तरगत माझगाउ, नागदह, ढाप, चिसापनीमा बहुलाह कुकुरले आतंक मच्चाएको हो । घरमा काम गरिरहेको र बाटोमा हिडिरहेको अवस्थामा बहुलाकुकुरले टोकेको घाइतेहरुले बताएका छन् ।


    कुकुरले टोकेर घाइते भएका पच्चिस जनाको कुरिनटार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको छ । तिमध्ये गम्भिर किसिमका सत्र जनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । बाँकीको इच्छाकामना अस्पतालमा उपचार भैरहेको इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासु सापकोटाले बताएका छन् ।

    गाउँपालिकाले बहुलाह कुकुरलाई नियन्त्रणमा लिइ स्वास्थ्य परिक्षणको लागि भरतपुर पठाएको छ । बौलाहा कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको छ ।