× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गायक लालकाजीले तयार पारेको `चितवनगान´शुक्रबार सार्वजनिक हुँदै

    २ वर्ष पहिले

    पुस-२०, चितवनको चिनारीसहितको चितवनगान शुक्रबार सार्वजनिक हुँदैछ । गायक लालकाजी श्रेष्ठले चितवनगानमा आवाज भरेका छन् । गीत श्रेष्ठ आफैले लेखेका हुन् । संगीत र एरेन्ज पनि उनकै रहेको छ । 3बि रेकर्डिङ स्टुडियो धादिङमा रेकर्ड गरिएको यो अडियो गीत लेख्नु अगाडि श्रेष्ठले चितवनका स्रस्टाहरू कवि कृष्णशरण उपाध्याय, संस्कृतिविद् डिआर पोखरेल र सम्पूर्ण किताबका लेखराम सापकोटालगायतसँग सल्लाह गरेको पनि बताए ।

    गीतमा चितवनको पर्यटन, कृषि, कला संस्कृति, साहित्य, उद्योग, स्वास्थ्य र शिक्षाको वर्णन गरिएको छ । गीतमार्फत चितवनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउन सकिने लक्ष्य राखेको गायक श्रेष्ठले बताए । `चितवन पर्यटनका दृष्टिकोणले पनि परिचित छ, गीतमार्फत चितवनको वर्णन गरिएकोले चितवनको बारेमा सुनेका तर चितवन नपुगेकालाई चितवन जाऊँ जाऊँ हुनसक्छ´, श्रेष्ठले भने । चितवनमा हुने चितवन महोत्सव, खिचरा महोत्सव तथा अन्य जुनसुकै महोत्सव तथा कार्यक्रमहरूको प्रचारप्रसारमा यो गीतले टेवा पुर्‍याउने श्रेष्ठले अपेक्षा गरेका छन् ।

    धादिङ घर भएका श्रेष्ठ चितवनको मुग्लिनमा हुर्किएका हुन् । उनले वीरेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गरेका हुन् । उनी भन्छन् – `यहीँको माटोसँग भावनात्मक रूपमा जोडिएको छु, मन मस्तिष्कमा चितवन नै भएकोले चितवनगान सिर्जना गर्न सजिलो भएको हो ।´ श्रेष्ठ भरतपुर महानगरपालिका- ११ मा रहेको नारायणी प्रोडक्ट्सका सञ्चालक हुन् । गजल सर्जक एवं व्यवसायीका रूपमा परिचित श्रेष्ठ नेपाल गजल प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।