× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • प्रदेश

    प्रदेश सरकारको बिषयमा आज सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै ।

    २ वर्ष पहिले

    २४ पाैष, काठमाडौं । सत्ता गठबन्धनका दलका नेताहरुको बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा आज बस्दै छ । बैठकमा पाैष २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने दाहाल निकट स्रोतले बतायो । आफूले विश्वासको मत लिनु अगाडि नै प्रदेश सरकारको नेतृत्वबारे सहमति जुटाउनुपर्ने दबावमा प्रधानमन्त्री दाहाललाइ छ । कुन प्रदेशको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच आज सहमतिको प्रयास हुने समेत बताइएको छ ।

    प्रदेश १ मा मुख्य मन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो । प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले भएकाेले उसले दाबी गर्दै आएतापनि माओवादी केन्द्रले समेत दाबी गर्दै आएका छन् । यद्यपि प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले भएकाले उसैले मुख्यमन्त्री पाउने सम्भावना छ । बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि २५ गते साेमबारसम्मकाे छ । बागमतीमा राप्रपा, एमाले र माओवादी तीनै दलले मुख्यमन्त्रीमा दाबी गरेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गते भित्र र मधेशमा २८ गते भित्र मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने म्याद छ ।

    त्यसैले स्रोतका अनुसार आजकाे बैठककाे मुख्य एजेण्डा नै सातवटै प्रदेशमा प्याकेजमा सहमति खोज्ने रहनेछ ।