× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सिमलतालमा ट्रक र जिप ठक्कर खादा ३ घाइते ।

    २ वर्ष पहिले

    पौष २५, मुग्लिन
    मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालमा ट्रक र जिप ठक्कर खादा ३ जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढ तर्फ जादै गरेको प्रदेश २ ०४ ००१ ख ००९४ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको बा ९ च ३३६३ नम्बरको जिप एकआपसमा ठक्कर खादा जिपमा सवार ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा जिप चालक काठमाण्डौ म.न.पा. वडा नं. ४ बस्ने वर्ष ५७ को गंग बहादुर महर्जन, सोही जिपमा सवार ललितपुर म.न.पा वडा नं. ११ बस्ने बर्ष ५५ को लक्ष्मण महर्जन र सोही जिपमा सवार वर्ष २२ को श्रीयस महर्जन रहेको इलाका प्रहरी कार्यालय संचार शाखा मुग्लिनले जनाएको छ । घाइतेहरुको अवस्थामा मध्यम रहेको छ भने उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका ट्रक, जिप र ट्रक चालकलाई प्रहरी चौकी जुगेडीले आफ्नो नियन्त्रणमा लिएको छ ।