× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    चितवनमा घरायसी झगडाले दम्पतीको ज्यान गयो । श्रीमतीको हत्या गरेर आत्महत्या गरे ।

    २ वर्ष पहिले

    चितवन : सामान्य विवादले सुरु भएको घरासयी झगडाले चितवनमा एक दम्पतीको ज्यान गएको छ । श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित खेतबारीका २३ वर्षीय प्रेमबहादुर रानामगरले चौकोस प्रहार गर्दा उनकी श्रीमती २१ वर्षीय बुद्धिमाया रानामगरको मृत्यु भएको हो ।

    श्रीमतीको हत्या गरेपछि रानाले पासो लगाएर आत्महत्या गरेका हुन् । उनीहरुको चार वर्षका छोरा छन् । कामबाट फर्किएपछि उनीहरुबीच झगडा भएको स्थानीयले बताए । सोमबार साँझ साढे सात बजेतिर घटना भए पनि बिहान मात्रै थाहा भएको वडाध्यक्ष क्याप्टेन सूर्यबहादुर गुरुङले बताए ।

    श्रीमतीलाई खाली शंका मात्रै गर्दा अघिपछि झगडा हुने गरेको रहेछ’ , उनले भने, ‘ हिजो श्रीमतीलाई चौकोसले हानेपछि आफू डोरी लगाएर झुण्डिएको हो । नजिकै घर नभएको कारण बिहान मात्रै थाहा पाइयो। सामान्य घरायसी विवादले सुरु भएको झगडाले हत्याको रुप लिएको हो । पोष्टमार्टमका लागी शवलाई भरतपुर अस्पताल लगिएको छ ।’

    शव घर बाहिर आँगनमा रहेको अगेनाको छेउमा मृत अबस्थामा फेला परेको डिएसपी नरहरि आचार्यले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

    Source : Ujyaalonepal